Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक बोर्ड बैठक आज बस्दै, समीक्षा आजै आउने सम्भावन, बुधबारबाट गभर्नरको भारत भ्रमण

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १० : ३९ मा प्रकाशित

राष्ट्र बैंक बोर्ड बैठक आज बस्दै, समीक्षा आजै आउने सम्भावन, बुधबारबाट गभर्नरको भारत भ्रमण

राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड बैठक) आज साँझ ५ बजेलाई बोलाइएको छ । आईतबार अबेरसम्म राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदा प्रतिवेदनलाई बुँदागत गर्दै पारित गरेको थियो । आज साँझ बस्ने बोर्ड बैठकले राष्ट्र बैंक व्यवस्थापन समिती तयार पारेको मस्यौदा पारित गरे आजै मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा सार्वजनिक हुने राष्ट्र बैंक स्रोतले जनाएको छ । 

समीक्षा सार्वजनिक गरे लगत्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भारत भ्रमणमा जाने भएका छन् । भारतीय रिजर्व बैंकको आयोजनामा दक्षिण एसियाली गभर्नरको सम्मिलित 'बोर्ड अफ गभर्नस' को बैठकमा सहभागी हुन गभर्नर अधिकारी भारत जान लागेका हुन् । भारतको मुम्बईमा आयोजना गरिएको बैठक फागुन ३ र ४ गते राखिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको