Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको अर्धवार्षिक समिक्षा माघ मसान्त वा फागुनको पहिलो हप्ता मात्रै

लोकेन्द्र ढकाल

आइतबार, १४ माघ २०८०, १७ : १६ मा प्रकाशित

राष्ट्र बैंकको अर्धवार्षिक समिक्षा माघ मसान्त वा फागुनको पहिलो हप्ता मात्रै

राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८०/०८१ सालको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउन ढिलाई हुने भएको छ । माघ महिनाको अन्तिम सम्ममा सार्वजनिक गर्ने गरी तयारी सुरु भएको र ढिलो भए फागुनको पहिलो सातासम्म पनि धकेलिन सक्ने राष्ट्र बैंकले जनाएको छ । यस अघि पहिलो त्रैमासिक समीक्षा पनि ढिलो गरी सार्वजनिक भएको थियो । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अहिले माघ ११ देखि २० गतेसम्म १० दिने विदामा बसेका छन् । उनी राष्ट्र बैंक कर्मचारीले लिन पाउने तनाव व्यवस्थापन अन्तर्गतको शीर्षकमा विदामा बसेको राष्ट्र बैंकले बताएको छ । 

राष्ट्र बैंकले दिएको जानकारी अनुसार अहिले बैंक वित्तिय संस्थाको तथ्याङ्ग आउने क्रम जारी छ । पुस मसान्त सम्मको  तथ्याङ्क माघको २०/२२ गतेसम्म आइपुग्ने र त्यसकै आधारमा अर्धवार्षिक समीक्षा तयार हुने राष्ट्र बैंकले बताएको छ । अहिले राष्ट्र बैंक अन्तर्गतको आर्थिक अनुसन्धान विभागमा प्रारम्भिक चरणका कामहरू भईरहेका छन् । बैंक वित्तीय संस्थाबाट प्राप्त सम्पूर्ण तथ्याङ्ग आइसकेपछि आर्थिक अनुसन्धान विभागले छलफल गरी मस्यौदा प्रतिवेदन तयार गर्दछ । त्यसपछि राष्ट्र बैंक व्यवस्थापन समितिमा मस्यौदा प्रतिवेदनलाई राष्ट्र बैंकका गभर्नर, विशिष्ट उच्च अधिकारी तथा विभागिय प्रमुखहरूले छलफल गरी बोर्ड बैठकमा एजेण्डाको रुपमा पेस हुन्छ । अनि, राष्ट्र बैंक संचालक समिति बोर्ड बैठकमा छलफल गरी पास गरे लगत्तै अर्धवार्षिक समिक्षा सार्वजनिक हुने गर्दछ ।

अहिले, बैंक वित्तीय संस्थाहरुका दोस्रो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक भईरहेका छन् । त्यसमा अधिकांसको गत वर्षको भन्दा नाफा संकुचन भएको छ । राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षामा अप्ठयारोमा परेका उद्योगी, व्यवसायीलाई कर्जा तिर्न पुर्नसंरचना तथा पुनतालिकिकरणको सुविधा दिएको थियो । यझपि, बैंक वित्तीय संस्थाले सार्वजनिक गरेका वित्तीय विवरणमा खराब कर्जाको अनुपात भने घट्न सकेको छैन। 

बैंकहरु घाटामै गएका भने होईनन् तर गतवर्ष यही अवधिमा कमाएको नाफा चाहिँ यसपटक घटेको मात्र हो, राष्ट्र बैंकका एक एक उच्च अधिकारीले अर्थ संसारलाई बताए । बैंक वित्तीय संस्थामा समस्या आउनुमा केही बाध्यात्मक परिस्थिति पनि सृजना भए, तर मुख्य समस्या घरजग्गा र सेयर बजार नै हो, त्यहाँ ठूलो लगानी गएको छ, धेरै व्यवसायी, लगानीकर्ताहरु त्यहाँ फसेका छन्, राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको उनले बताए । 'घरजग्गा र सेयर बजारमा एक किसिमको बबलै सृजना भएपछि राष्ट्र बैंकले नियन्त्रणकारी औजारहरू प्रयोग गरेकै हो, तर अहिले समय परिवेश फरक छ, यझपि पुरै खुकुलो गरिहाले फेरि अर्को रिक्स उत्पन्न हुनसक्छ, राष्ट्र बैंकमा यसबारे मिहिन छलफल मात्र हुन्छ, हामी यस विषयमा अत्यन्त गम्भीर छौं, उनले भने ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको