Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ११ : ५८ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

सिडि रेसियो ८० प्रतिशत भन्दा तल झरेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १४ दिनका लागि ३५ अर्ब तरलता खिच्ने भएको छ ।

बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत पुस २४ देखि माघ ९ गतेसम्मका लागि २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ३५ अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले माघ ९ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

पुस महिनामा राष्ट्रबैंकले निक्षेप संकलन गर्न लागेको यो सातौं पटक हो । पुसको शुरूवात मै १० अर्ब निक्षेप संकलन गरेको राष्ट्र बैंकले पुस ६ गते थप २५ अर्ब, पुस ११ गते ३५ अर्ब, पुस १२ गते २० अर्ब, पुस १७ गते १० अर्ब र पुस १८ गते २५ अर्ब निक्षेप संकलन गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि कर्जा विस्तार भने हुनसकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको