Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: परीक्षणको दायरा बढाउन मन्त्रालयले चाल्याे कदम

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, १८ : ३९ मा प्रकाशित

अन्तत: परीक्षणको दायरा बढाउन मन्त्रालयले चाल्याे कदम

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ । 

मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा रहेकाेमा अब थप १० स्थानबाट पीसीआर परीक्षण हुने जानकारी दिएकाे हाे ।

मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

Image may contain: text

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको