Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन खुकुलाे भएसँगै कर तिर्नेको संख्या बढ्याे, एनएलजी इन्स्याेरेन्सले पनि तिर्यो कर

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, १४ : ४३ मा प्रकाशित

लकडाउन खुकुलाे भएसँगै कर तिर्नेको संख्या बढ्याे, एनएलजी इन्स्याेरेन्सले पनि तिर्यो कर

अर्थ संसार, काठमाडौं - केही समय अगाडिदेखि लकडाउन खुकुलाे गरिएसँगै हाल कर तिर्ने कम्पनीहरूकाे क्रम पनि बढ्दै गइरहेकाे छ ।

यसैबीच,  एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले पनि सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ बराबरकाे कर तिरेको छ । कम्पनीले असार ५ गते शुक्रबार ठूला करदाता कार्यालयमा फागुन र चैत्रको मूल्य अभिवृद्धि करबापत ३ करोड १९ लाख, अनुमानित करको दोस्रो किस्ता ३ करोड र अग्रिम कर कट्टीबापत ३२ लाख २३ हजार रुपैयाँ कर दाखिला गरेको हो ।

सरकारले जेठ २५ गतेसम्म कर बुझाउन निर्देशन दिएकाे थियो । जसकाे चाैतर्फी विराेध भएपश्चात म्याद थपेर असार ७ गतेसम्म पुर्याइएको थियो । यता सर्वोच्च अदालतले भने सरकारले दिएको पुनरावलोकन निवेदन खारेज गर्दै लकडाउन खुलेको ३० दिन भित्र कर तिर्न अन्तरिम आदेश दिएकाे छ । तर एनएलजी इन्स्याेरेन्सले भने स्वेच्छिक रूपमा सरकारलाई उक्त रकम बराबरकाे कर बुझाएकाे हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको