Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो

अर्थ संसार

शनिबार, २२ बैशाख २०८१, १० : ३१ मा प्रकाशित

इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो

इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ ।

इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार नगरे गाजाको रफाह क्षेत्रमा जमिन आक्रमण गर्ने बताएको छ ।

हमासका एक शीर्ष अधिकारीले यो शान्ति प्रस्तावलाई सकारात्मक दृष्टिकोणका साथ अध्ययन गरिरहेको बताएको मध्यस्थकर्ताहरुले बताएका छन् ।

हमासका अधिकारी होसम बद्रनले इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा सैन्य कारबाही अघि बढ्छ भनेर बारम्बार भन्दै सम्झौताको सम्भावनालाई हानी गरेको आरोप लगाएका छन्।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले रफाहमा आक्रमण गरेमा ठूलो जनधनको क्षति हुने र मानवीय सङ्कट झन् गम्भीर हुने चेतावनी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको