Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको आइपीओमा तेश्राे दिन पनि लगानीकर्ताको उस्तै ओईरो, कति पर्यो आवेदन ?

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, १७ : ३८ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको आइपीओमा तेश्राे दिन पनि लगानीकर्ताको उस्तै ओईरो, कति पर्यो आवेदन ?

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपीओ) निष्कासनकाे आज (शुक्रबार) तेश्राे दिन रहेकाे छ । आज पनि लगानीकर्ताहरूकाे बाक्लाे आकर्षण देखिएको छ । 

तेश्राे दिन बेलुका ३ बजेर ३० मिनेटसम्ममा २ लाख ९० हजार जना आवेदकबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता शेयर खरिदको माग राखी आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे मागभन्दा ३.६४ गुणा बढी आवेदन हो ।

हिजाे आइपीओ निष्कासनकाे दाेश्राे दिन बेलुका ५ बजेसम्ममा १ लाख ९९ हजार जना आवेदकबाट १ कराेड १२ लाख कित्ता शेयर खरिदको माग राखी आवेदन परेको थियाे ।

लघुवित्तले असार १० गते, बुधबारदेखि जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

आवेदन दिन चाहाने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको