Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप एक जनामा कोरोना संक्रमण

निशा हुमाँगाई

बुधबार, १२ चैत्र २०७६, १२ : ३७ मा प्रकाशित

नेपालमा थप एक जनामा कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं - नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा हालसम्म ३ जनाको नतिजा ‘पोजेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसअघि  चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । त्यस्तै, चैत्र ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको