Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन उल्लङ्घन गर्ने ३ सय सवारी प्रहरीकाे नियन्त्रणमा

निशा हुमाँगाई

बुधबार, १२ चैत्र २०७६, ११ : २१ मा प्रकाशित

लकडाउन उल्लङ्घन गर्ने ३ सय सवारी प्रहरीकाे नियन्त्रणमा

अर्थ संसार, काठमाडौं - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ३०० भन्दा बढी सवारी साधनलाई प्रहरीले आज बुधबार नियन्त्रणमा लिएको छ । 

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी, घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले बताएका छन् । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।

त्यस्तै, मंगलबार मुलुकका विभिन्न ठाउँबाट १ हजारभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लक डाउन’ गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको