Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा पहिलाे पटक काेराेनाका कारण एककाे मृत्यु

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १० : ३५ मा प्रकाशित

भारतमा पहिलाे पटक काेराेनाका कारण एककाे मृत्यु

पहिलो पटक भारतकाे कर्नाटका कालबुर्गीका ७६ वर्षे व्यक्ति कोरोना भाइरसका कारण मृत्यु भएकाे  कर्नाटका राज्य सरकारले बिहीबार जनकारी गराएकाे छ।

 कोरोना (कोभिड–१९) का कारण मृत्यु हुनेमा उनी पहिलो व्यक्ति मानिएको छन्।

बिहीबारसम्म भारतभर कोरोना संक्रमण हुनेको संख्या ७४ पुगेको भारतको युनियन स्वास्थ्य मन्त्रालयले जनाएको समाचार दि इन्डियन एक्सप्रेस लगायत भारतीय सञ्चारमाध्यमहरुले जनाएका  छन्।

भारतमा संक्रमणमा परेका कुल ७४मध्ये १७ इटालियन तथा एक क्यानडेली समेत हुन्।

यसैबीच दिल्ली सरकारले कोरोना भाइरसलाई महामारीको रुपमा घोषणा गर्दै त्यहाँका सबै सिनेमा हल, स्कूल तथा कलेजहरु बन्द गर्ने घोषणा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यावश्यक बाहेक अन्य भ्रमणहरु नगर्न आमजनतालाई आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको