Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा फेरि छायाे राैनक, ७३ अंकले बढेकाे बजारमा २ अर्बकाे काराेबार

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, १४ : ५५ मा प्रकाशित

शेयर बजारमा फेरि छायाे राैनक, ७३ अंकले बढेकाे बजारमा २ अर्बकाे काराेबार

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजारमा राैनक छाएकाे छ । लगातार केहि दिनबाट घटेर हिजाे मंगलबार तीन पटकसम्म नकरात्मक सर्किट लागेकाे शेयर बजार आज भने उच्च अंकले वृद्धि भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३.७८ अंकले बढेर एक हजार ४२३.०९ मा पुगेकाे छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा ५.४७ हो । यस्तै, सेन्सेटिभ परिसूचक १४.३३ अंकले बढेर ३०४.६९ मा पुगेको छ ।

कूल १८० कम्पनीकाे ५६ लाख २६ हजार ८१२ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज एघार उपसमूहको शेयर बढेकाे छ भने एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

बुधबार बैंकिङ ६८.४७ अंक, व्यापार ६५.४७ अंक, हाेटल ९९.५९ अंक, विकास बैंक ७४.४४ अंक, जलविद्युत ४८.३२ अंक, फाइनान्स २०.६१ अंक, निर्जिवन लाइफ ४४५.६५ अंक, उत्पादन १०९.७९ अंक, अन्य १९.७८ अंक, माइक्राेफाइनान्स ११७.२८ अंक र लाइफ इन्स्योरेन्स ५१०.९७ अंकले बढेकाे छ ।

त्यसैगरी, सामूहिक लगानी कोष समूह ०.०८ अंकले बढेकाे छ ।

त्यस्तै, कारोबारका आधारमा आज पनि नेपाल लाइफ इन्स्याेरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको २३ करोड ६६ लाख ४९ हजार १४१ रूपैयाँ बराबरको शेयर कारोबार भएकाे छ ।

        हेराैं आजकाे शेयर तालिका :

5e68b0eddc7b6.jpg 5e68b0f37b848.jpg 5e68b0f911725.jpg 5e68b1003a6ea.jpg 5e68b105d8167.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको