Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १६ : १४ मा प्रकाशित

धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नं. प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ ।

प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना भन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएकाे हाे । 

गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ,शुद्धीकरण गर्ने क्षेत्रहरू कुन-कुन हुन्, नियन्त्रणका प्रकृयाहरु के के हुन्, रिपोर्टिङ कसरी गर्ने,दण्ड जरीवाना कति छ आदी विषयमा विस्तृत जानकारी दिइएकाे छ ।

त्यस्तै, कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाेधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको उपस्थिति रहेकाे थियो ।

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको