Like us!
Follow us!
Connect us!
Watch us!

आएमई लाइफ इन्स्योरेन्सको घट्यो लाभांश दर

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ०९ : ४९ मा प्रकाशित

आएमई लाइफ इन्स्योरेन्सको घट्यो लाभांश दर

आएमई लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्व घोषित लाभांश दर घटाउँदै संशोधित लाभांश दर घोषणा गरेको छ ।

संशोधित दर अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने एक अर्ब रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

यस अघि कम्पनीले कुल ३४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो जसमा २५ प्रतिशतले हुन आउने एक अर्ब रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि समेत गरि ९.५ प्रतिशत नगद लाभांश प्रस्ताव रहेको थियो । बीमा प्राधिकरणले प्राधिकरणले वितरणयोग्य मुनफाबाट बोनस शेयर दिन पाइने र त्यसको  कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको