Like us!
Follow us!
Connect us!
Watch us!

दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य शुभारम्भ

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १५ : ४१ मा प्रकाशित

दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य शुभारम्भ

अर्थ संसार, काठमाडौं – एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ भएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला कमलादी स्थित प्रज्ञा भवनमा शनिबार भव्य रूपमा शुभारम्भ भएको हो ।

यसैगरी, मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलङ्का गरी दश देशका कलाकारहरूले कला प्रस्तुत गरेका थिए । दश देशबाट आएका दुईसय पचास भन्दा बढी कलाकारहरूकाे उपस्थिति रहेको थियो । ब्रज कला कुञ्जका कलाकारहरूले कुमारी नृत्य प्रस्तुत गरेर सुरू भएको मेलामा अन्य देशले आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै, नेपाली लोक संस्कृति संरक्षण तथा संवर्धन गर्ने प्रमुख उद्देश्यका साथ बाईस वर्ष अगाडी स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पुर्याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृतिक झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको कार्यक्रमका सभापति तथा एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाले बताएका छन् । 

पर्यटन प्रवर्द्धनको उद्देश्यले भ्रमण वर्ष उत्सवकै रूपमा वर्षभरी मनाउने घोषणा गर्दा कोरोना भाइरस (कोभिड-१९)लगायत विभिन्न कारणले नेपालमा पर्यटक आउन सङ्कोच मानिरहेको सन्दर्भमा मेलामा सहभागी अन्तर्राष्ट्रिय कलाकारले नेपाल भ्रमण सुरक्षित छ भन्ने सन्देश बोकेर जाने कोइरालाले बताए । उनले आफूहरूले पर्यटन प्रवर्द्धनका लागि यति ठूलो कार्यक्रम आयोजना गरेको भएतापनि सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो समेत व्यक्त गरेका छन् । 

त्यसैगरी, कार्यक्रम फागुन २५ गतेसम्म आयोजना हुनेछ भने काठमाडौं, ललितपुर र पोखरामा कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक कोइरालाले जानकारी दिएका छन् । 

5e5b8cb690720.jpg 5e5b8cbabeb22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको