Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको भाउ अझ बढ्ने, कारण यस्ता

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १७ : ५४ मा प्रकाशित

पेट्रोलियम पदार्थको भाउ अझ बढ्ने, कारण यस्ता

पेट्रोलियम पदार्थको भाउ अझ उकालो लाग्ने भएको छ । इजरायल - प्यालेस्टाइनबीचको द्वन्द नरोकिने संकेतसँगै साउदी अरबले तेलको भाउ बढाइदिँदा पेट्रोलियम पदार्थ थप महङ्गिने भएको हो ।

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरबले मागमा सुधार आउने संकेत देखिएको भन्दै मेडिटेरियन, उत्तरपश्चिमी युरोप तथा एसियामा बिक्री हुने कच्चा तेलको आधिकारिक मूल्यमा वृद्धि गरिदिएको छ । साथसाथै मध्यपूर्वमा जारी इजरायल - प्यालेस्टाइनबीचको द्वन्द नरोकिने संकेतले पनि तेलको भाउ अझ बढाइदिएको छ । सोमबार इजरायलले प्यालेस्टाइनको राफामा रहेका आम मानिसलाई उक्त स्थान छोड्न निर्देशन दिएको छ ।

उक्त निर्देशनसँगै इजरायल र हमासबीच वार्ता हुने सम्भावना न्यून हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हमासले यसअघि इजरायलको बन्धक मुक्त गरि सम्झौता गर्ने प्रस्ताव अस्वीकार गरिदिएको थियो । यता लेबनानको हेजबुल्लाह समूहले इजरायलसँग सम्बन्धित सबै पानीजहाजमा आक्रमण गर्ने धम्की दिएको छ । यसले मध्यपूर्वमा छिटै शान्ति स्थापना हुने छाँट नदेखिएको छ जसकारण पेट्रोलियम पदार्थको भाउ अझ उकालो लाग्ने जानकारहरुको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको