Like us!
Follow us!
Connect us!
Watch us!

मिसन ०८४ लाई सफल पारेर छाड्छौं: केपी ओली

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १७ : १९ मा प्रकाशित

मिसन ०८४ लाई सफल पारेर छाड्छौं: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई सफल पारेर छाड्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उपचुनावको नजिता मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताउदै उनले यस्तो बताएका हुन्।

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको जतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात हो । मिसन ०८४ लाई सफल पारेर छाड्छौं ।’

ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम २ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको