Like us!
Follow us!
Connect us!
Watch us!

बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, ११ : ५५ मा प्रकाशित

बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरूको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके स्मार्ट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी मै आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरूलाई अनुरोध गरेको छ । 

त्यस्तै, हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको