Like us!
Follow us!
Connect us!
Watch us!

अब घट्ने पालाे विदेशी मुद्राकाे

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, १२ : ०८ मा प्रकाशित

अब घट्ने पालाे विदेशी मुद्राकाे

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) सबै विदेशी मुद्राकाे भाउ घटेकाे छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ २३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको