Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ०८ : २५ मा प्रकाशित

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् ।

चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले वैशाख २४  गतेभन्दा अघि नै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्नेछ ।

६० संसद भएको गण्डकी प्रदेशसभामा बहुमतका लागि ३० वा ३१ सिट चाहिने भन्ने बारे विवाद रहेको छ । सभामुखले ३० सिटमै बहुमत पुर्याएर अधिकारीलाई मुख्यमन्त्रीलाई बहुमत घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रतिपक्षी काङ्ग्रेस भने त्यसो भयो भने पुन अदालत जाने तयारी गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको