Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, ११ : ४२ मा प्रकाशित

फेरी बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – मंगलबारबाट घट्न सुरू गरेकाे सुनकाे मूल्यले अब फेरी उकालाे यात्रा तय गरेकाे छ ।

बुधबार ताेलामा ५ सय रूपैयाँले घटेर प्रतिताेला ७९ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे सुन आज (बिहीबार) फेरि बढेकाे छ । बिहीबार सुन ताेलामा २ सयले बढेर प्रतिताेला ७९ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य भने घटेकाे छ । आज चाँदी ताेलाकाे ५ रूपैयाँले घटेर प्रतिताेला ९ सय रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको