Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा थपियाे राैनक, झन्डै २ अर्बकाे काराेबार

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १५ : ०३ मा प्रकाशित

शेयर बजारमा थपियाे राैनक, झन्डै २ अर्बकाे काराेबार

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन अर्थात आज (आइतबार) शेयर बजारमा राैनक छाएकाे छ । आइतबार शेयर बजार १९.३९ अंकले बढेकाे छ ।

कुल १७६ वटा कम्पनीको ४१ लाख ५ हजार १३४ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७०१ रुपैयाँको कारोबार भएकाे छ । 

१३४५.१० विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३६३.९७ अंकमा आइपुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज आइतबार तिन उपसमूहको शेयर ओरालो लागेको छ भने नाै उपसमूहको शेयर बढेको छ ।

बैंकिङ ५.१५ अंक, व्यापार ११.०२ अंक, हाेटल ६.९५ अंक, विकास बैंक ४.५४ अंक, जलविद्युत ९.४५ अंक, निर्जिवन लाइफ ४१६.७९ अंक, उत्पादन ५३.९४ अंक, माइक्राेफाइनान्स ५७.८१ अंक र लाइफ इन्स्योरेन्स ३९८.६९ अंकले बढेकाे छ । 

त्यसैगरी, फाइनान्स ३.३४ अंक, अन्य २.६८ अंक र सामूहिक लगानी कोष समूह ०.०६ अंकले घटेकाे छ ।

 

5e490d78d3ed2.jpg 5e490d7ccd5ea.jpg 5e490d812c2d5.jpg 5e490d853707e.jpg 5e490d898fb40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको