Like us!
Follow us!
Connect us!
Watch us!

बझाङ अपडेट:कांग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १० : ५३ मा प्रकाशित

बझाङ अपडेट:कांग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता

बझाङ १ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । बझाङ १ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्म अग्रता कायम गरेको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको हो ।

सोमबार बिहानबाट अग्रता लिएको कांग्रेसलाई पुन:पछि पार्दै एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गरेका छन् भने कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको