Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १४ : ४७ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र Quest International College को आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता शुक्रबार (२०७६ फागुन २ गते) सम्पन्न भएको छ ।

खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । Quest International College प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फबाट प्रथम Saipal college, दोस्रोमा Reliance International Academy भएका थिए । त्यसैगरी, पुरूष तर्फ प्रथममा CCRC College र दोस्रोमा Omega College भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक श्रीमती लिसा शेरचनले पुरस्कार वितरण गर्नु भएको थियो । 

यसैगरी, बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरूबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग गर्दै आईरहेको बैंकले जनाएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको