Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स बहुउद्देश्यीयले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १२ : ५२ मा प्रकाशित

पिपुल्स बहुउद्देश्यीयले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – पिपुल्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे माघ १४ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २०औँ वार्षिक साधारण सभा फागुन १७ गते शनिबार संस्थाकाे कार्यालय काेटेश्वरमा दिउँसाे १ बजे सुरू हुनेछ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन बारे छलफल गर्ने, आर्थिक वर्ष २०७५/७६ काे कार्यप्रगति अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७६/७७ काे वार्षिक कार्यक्रम तर्जुमा गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक ताेक्ने, साधारण सभाले पारित गरेकाे निर्णय पुस्तिकामा दस्तखत गर्ने शेयर सदस्यहरूकाे नाम अनुमाेदन गर्ने लगायतका विषयमा छलफल हुने कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e48ed6660fa9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको