Like us!
Follow us!
Connect us!
Watch us!

अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता, ७० प्रतिशत कर्जा सुविधा

अर्थ संसार

विहीबार, २३ साउन २०७६, १७ : ५३ मा प्रकाशित

अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता, ७० प्रतिशत कर्जा सुविधा

अर्थ संसार,काठमाडौं– आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमर्इ मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधाओम डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधाप्राप्त गर्ने भएका छन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुपनिरन्तर लाग्दै आएको छ ।
 आइपिओको भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको