Like us!
Follow us!
Connect us!
Watch us!

कन्काई प्राप्ती गरेपछि यसो भन्छन् प्राइमका नि.सिइओ संजीव मानन्धर (भिडियो)

मिलन खड्का

बुधबार, २२ साउन २०७६, १८ : १४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– प्राइम कमर्सिय बैंकले बुधबार आफ्नो विशेष साधारणसभा सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान ,कमलादी,काठमाडौंमा भएको सभाले  कन्काई विकास बैंक लिमिटेडलाई  १०० कित्ता बराबर ७१.५ कित्ता स्वापमा प्राप्ती गर्ने विशेष प्रस्तावलाई बहुमत शेयरधनीले पारित गरेको छ ।

सभाले प्राइम कमर्सियल बंक लिमिटेडले कन्काई बैंक लिमिटेडलाई प्राप्ती  गर्ने प्रयोजनको लागि मूल्याङकन कर्ता SAR Associates चार्टर्ड एकाउन्टन्ट्स्ले तयार गरेको कन्काई विकास बैंक लिमिटेडको चलअचल सम्पत्ती तथा दायित्व मूल्याङकन प्रतिवेदन Due Diligence Audit (DDA) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको कन्काई विकास को शेयरको मूल्य पारित गरी प्राप्ती गर्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने लगायतको प्रस्तावहरु पारित गरेको छ ।

डिडिए प्रतिवेदनमा १०० बराबर ६५.६३ दिने सहमत भएपनि सहमतिमा १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था अनुसार ५.८७ प्रतिशत थप स्वाप रेसियो दिन प्राईम सहमत भएको प्राइमका नि. सिइओ संजीव मानन्धर बताउछन।  

कन्काई विकास बैंकलाई प्राप्ति पछि येसो भन्छन प्राइमका नि. सिइओ संजीव मानन्धर

हेर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको