Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीका तीन स्थानमा एकै पटक मनसुनमोबाइल मेगा अफर, ६५० रुपैंयामा मोबाइल

विहीबार, २३ जेठ २०७६, १८ : ०६ मा प्रकाशित

राजधानीका तीन स्थानमा एकै पटक मनसुनमोबाइल मेगा अफर, ६५० रुपैंयामा मोबाइल

अर्थ संसार, काठमाडौं– चाबहिल चुच्चेपाटी स्थित के एलमोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुनमोबाइल मेगा अफर चल्ने भएको छ ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ ।  

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइलहबले मिलाएको छ ।

मोबाइलको ब्राण्ड र मूल््य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ता बन्दीमा मोबाईल खरिद गर्न सकिनेछ ।

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युबसिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोला प्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइलहबले जनाएको छ ।

केएल मोबाइलहब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइलहबमा पनि उल्लेखित अफर सहित मेला सञ्चालन हुने छन । जेठ २७गते सोमबारदेखि चल्ने मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको