Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको नयाँ शाखा मेलम्चीमा

मंगलबार, १९ चैत्र २०७५, १५ : ३७ मा प्रकाशित

सिटिजन लाइफको नयाँ शाखा  मेलम्चीमा

अर्थ संसार, काठमाडौं– ग्राहक वर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६३औं शाखा मेलम्ची, सिन्धुपाल्चोकमा संचालन गरेको छ ।

 सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त नयाँ शाखाको समुद्घाटन भएको थियो ।

सिन्धुपाल्चोकका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको हो । 

 २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइप mइन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ ।

नेपालभर फैलिएको सिटिजन लाइफ इन्स्योरेन्सको ६३ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्यूनगर्नको निमित्त विभिन्न आकर्षक जीवन बीमा योजनाहरु उपभोक्ताहरु माझ ल्याउन सदैव तत्पर सिटिजन लाइफयस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशत भन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी गर्न सफल भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको