Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफद्वारा घातक रोगको उपचार खर्चको लागि ५ लाख प्रदान​

आइतबार, १० चैत्र २०७५, १७ : २९ मा प्रकाशित

सिटिजन लाइफद्वारा घातक रोगको उपचार खर्चको लागि ५ लाख प्रदान​

अर्थ संसार, काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको छ​।

कम्पनीले हृदयघात भएको कारण बुटवलका हरि सिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो।

कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका निज आफैलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ​।

सिटिजन लाइफको तर्फबाट कम्पनीका सीओओ दशरथ मणि खड्काले हरि सिंह ठकुरीलाई सो चेक प्रदान गर्नुभयो। हृदयघात भ​एका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिना कुनै झन्झट तथा बिल बिना नै सहज​, सरल एवं छिटो दाबी भुक्तानी गरीएको छ​।

ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ​।

जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन्।

नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ६२ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ​। साथै कम्पनीले हालसालै सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना सार्वजनिक गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको