Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १५ : १४ मा प्रकाशित

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

यो साताको पहिलो कारोबार दिन मै सेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार पनि घटेको बजार आज थप ओरालो लागेको हो ।

गत बिहीबार ७.३१ अङ्कले घटेकोको सेयरबजार आज थप २४.५८ अङ्कले घटेर १९७४.३७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब १३ करोड ३३ हजार ६२ सय ७२६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ७९ करोड ५७ हजार ४८ सय २९६ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा समता लघुवित्त, साधना लघुवित्त र दोल्ती हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा पिपुल्स पावर, सिंगटी हाइड्रो र एचडिएल रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लघुवित्त समूहको उपसूचक सर्वाधिक ०.१६ प्रतिशतले बढ्दा ननलाइफ इन्स्योरेन्स समूहको समूहको उपसूचक ०.०४ प्रतिशत बढ्यो । यसैगरी आज विकास बैंक समूहको उपसूचक सर्वाधिक २.६५ प्रतिशतले घट्दा होटल तथा उत्पादन तथा प्रशोधन समूहको उपसूचक २.३७ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको