Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकासको लिलामी हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज

शुक्रबार, ०३ फागुन २०७५, १० : ३९ मा प्रकाशित

लुम्बिनी विकासको लिलामी हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार, काठमाडौं – लुम्बिनी विकास बैंकले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने शुक्रवार  (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २७ देखि संस्थापक समूहतर्फको १ लाख ९७ हजार ५ सय ९६ दशमलव ४४ कित्ता शेयर बोलकबोल प्रकृयाद्वारा विक्रीमा ल्याएको हो । बैंकले शेयरको न्यूनतम मूल्य १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ ।

आवेदकले शेयर खरीदको लागि न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको