Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको आज एकै दिन १ अर्ब ९१ करोडको कारोवार, किन यस्तो भयो ?

विहीबार, ०२ फागुन २०७५, १५ : ५९ मा प्रकाशित

एभरेष्ट बैंकको आज एकै दिन १ अर्ब ९१ करोडको कारोवार, किन यस्तो भयो ?

अर्थ संसार, काठमाडौं– एभरेष्ट बैंकको आज उल्लेख्य मात्रामा शेयर बिक्री भएको छ । नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि संस्थापक बिके श्रेष्ठको परिवारले शेयर बिक्री गरेको बताइएको छ ।

जानकारहरुका अनुसार श्रेष्ठकै परिवार भित्रका राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले प्रतिमा श्रेष्ठलाई आज शेयर बिक्री गरेका हुन । स्रोतका अनुसार राधा र नेपालकृष्ण श्रेष्ठको नाममा रहेको बैंकको ७२ लाख ३६ हजार ३७५ कित्ता शेयर आज  प्रतिमाको नाममा बिक्री भएको हो ।  प्रति शेयर रु २६५ को दरले रु १ अर्ब ९१ करोडको  शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार राधा श्रेष्ठको नाममा ५२ लाख ७७ हजार कित्ता र नेपालकृष्ण श्रेष्ठको नाममा ६३ लाख ४५ हजार कित्ता शेयर स्वामित्व रहेको छ । यसैगरी प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार कित्ता शेयर रहेको थियो। यसैगरी अध्यक्ष बिके श्रेष्ठको नाममा ७३ लाख ७२ हजार कित्ता शेयर स्वामित्व थियो।

नियमभन्दा धेरै शेयर स्वामित्व राखेको भन्दै लाभांश वितरणमा रोक लागेको थियो ।  विहीबारको शेयर कारोबारपछि एभरेष्ट बैंकमा प्रतिमाको शेयर स्वामित्व १४.८३ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले एकाघर भित्र १५ प्रतिशत शेयर रहेको भन्दै लाभांश वितरणमा रोक लगाएपछि श्रेष्ठले नजिकको नाता पर्नेलाई शेयर स्थानान्तरण गरेका हुन ।

राष्ट्र बैंकले यसअघि पनि लाभांस वितरणमा रोक लगाउँदा बिकेले खलक भित्रै शेयर हस्तान्तरण गरेका थिए। बैंकको यस भन्दा अगाडि संस्थापक शेयरको सबैभन्दा धेरै कारोबार ४१ करोड रुपैयाँको भएको थियो।

आजको कारोबारबाट बिकेको परिवारले ९ करोड रुपैयाँ भन्दा धेरैको कर तिर्नुपर्नेछ।

5c6542a364fdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको