Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोले ३५ लाख ३४ हजार कित्ता आइपिओ बिक्री गर्ने

विहीबार, ०२ फागुन २०७५, १० : ५३ मा प्रकाशित

युनियन हाइड्रोले ३५ लाख ३४ हजार कित्ता आइपिओ बिक्री गर्ने

अर्थ संसार, काठमाडौं – युनियन हाइड्रो पावर कम्पनीले यही फागुन दोस्रो सातामा सर्वसाधारणका लागि ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।

बिक्री गर्न लागिएको मध्ये  २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार ५ सय ५० कित्ता सर्वसाधारणको लागि बिक्री गरिनेछ । यस्तै बाँकी रहेको ६ करोड २१ लाख बराबरको ६ लाख २१ हजार ७ सय ९० कित्ता सेयर भने स्थानीयले नकिनेका कारण सो समेत बिक्री गरिनेछ ।

कम्पनीले लमजुङमा ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये आवेदन भरेका २ लाख ४७ हजार २ सय १० कित्ता सेयर स्थानीयमा बाँडफाँड भइसकेको छ । सो कम्पनीको  साधारण सेयर लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको