Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार झिनो अंकले सुधार

सोमबार, १४ माघ २०७५, १८ : ०९ मा प्रकाशित

शेयर बजार झिनो अंकले सुधार

हेरौं आजको शेयर तालिका

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर २४७.२५ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । आज कारोवार भएका कूल १० उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको र चार उपसमूहको शेयर घटेको स्टकले जनाएको छ ।

होटल १.५६, जलविद्युत् ०.०२, उत्पादन १४.७८ र अन्य ०.९४ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.९९, विकास बैंक ८.६१, वित्त ०.७८, निर्जीवन बीमा ७२.४, लघुवित्त १७.५९ र जीवन बीमा १९.८६ विन्दुले बढेको छ ।

सामान्य बढेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली साुमदायिक लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

यस्तै हाथवे फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेडको शेयरधनीले आज बढी गुमाएका छन् ।

ताजा समाचार

दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम, यसरी सफल हुँदैछ सपना

पूर्वयुवराज पारसलाई हृदयघात

यी हुन करिब ३ अर्ब बढी बक्यौता नतिर्ने टेलिकम, यिनलाई लाग्दैन कानून ?

एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर लिलामी हुँदै, गर्ने होइन लगानी ?

गुडविल फाइनान्सले कमायो तीन करोड नाफा, कस्तो छ प्रतिशेयर आम्दानी

चीनले गर्यो कोटेश्वर–कलंकी सडक सरकारलाई हस्तान्तरण तस्विरमा हेरौं कोटेश्वर–कलंकी सडक

घलेम्दी हाईड्रो लिमिटेडको शेयर व्यबस्थापनमा  भिबोर क्यापिटल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको