Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर लिलामी हुँदै, गर्ने होइन लगानी ?

ramesh lamsal

सोमबार, १४ माघ २०७५, १० : ४७ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर लिलामी हुँदै, गर्ने होइन लगानी  ?

अर्थ संसार, काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी हुने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर १ लाख ९७ हजार ७ सय १७ कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको जानकारी दिएको हो ।

एभरेष्ट इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुका लागि एक कित्ता बराबर १.०५ कित्ताका दरले १४ लाख ३ हजा ३ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सोमध्ये बिक्री नभएको करिब २ लाख कित्ता सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागिएको हो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले माघ २८ गतेभित्र न्युनतम १०० कित्ता हुने गरि आवेदन दिन सक्नेछन् । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीको सेयर मूल्य हाल ८४० रुपैंयाँ कायम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको