Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले कमायो तीन करोड नाफा, कस्तो छ प्रतिशेयर आम्दानी

सोमबार, १४ माघ २०७५, १० : ५३ मा प्रकाशित

गुडविल फाइनान्सले कमायो  तीन करोड नाफा, कस्तो छ प्रतिशेयर आम्दानी

अर्थ संसार, काठमाडौं–गुडविल फाइनान्सले रु ३ करोड २२ लाख नाफा कमाएको छ । कम्पनीले २०७५ पुस मसान्त अवधीमा कमाएको यो नाफा २०७४ पुसको भन्दा रु १४ लाखले बढी हो ।

फाइनान्सले असोज मसान्तमा रु ५ अर्ब ६० करोडमा रहेको निक्षेपलाई वृद्धि गरेर पुस मसान्त आईपुग्दा रु ६ अर्ब २६ करोड पुर्याएको छ । कम्पनीले असोजमा रु ४ अर्ब ९४ करोड रहेको कर्जा लगानीलाई पुसमा वृद्धि गरेर रु ५ अर्ब ३७ करोड पुर्याएको छ ।

रु ८० करोड चुक्ता पुँजी रहेको गुडविल फाइनान्सको जगेडा कोषमा १५ करोड रुपैंयाँ रहेको छ । ७२.९२ प्रतिशत सिडी रेसियो रहेको कम्पनीको खराब कर्जा ०.८५ प्रतिशत मात्रै रहेको छ । आधार ब्याजदर १३.५० प्रतिशत रहेको गुडविलको कस्ट अफ फण्ड १०.५५ प्रतिशत रहेको छ ।कम्पनीको प्रति सेयर आम्दानी ८.०६ रुपैंयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको