Like us!
Follow us!
Connect us!
Watch us!
तस्विरमा हेरौं कोटेश्वर–कलंकी सडक

चीनले गर्यो कोटेश्वर–कलंकी सडक सरकारलाई हस्तान्तरण

सोमबार, १४ माघ २०७५, ११ : ३७ मा प्रकाशित

चीनले गर्यो कोटेश्वर–कलंकी सडक सरकारलाई हस्तान्तरण

अर्थ संसार,  काठमाडौं – चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई सोमबार एक समारोहबीच हस्तान्तरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन् ।

कोटेश्वर–कलंकी सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको उद्घाटन गरेका छन् ।

 २७ किलोमिटर लाभो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी कोटेश्वर खण्ड ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको थियो ।

सडक हस्तान्तरण तथा उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीन सरकारप्रति आभार एवं धन्यवाद व्यक्त गरे ।

सडकको विस्तारको सकिएसँगै यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । तर, कलंकी –कोटेश्वरमाको विचमा निर्माणधिन भएको आकाशे पुल भने अझै केही स्थानमा निर्माणधिन अवस्थामा छन ।

एकान्तकुनाको आकाशेपुल निर्माणधित अवस्थामा छ । जसले गर्दा बाटो काट्न पैदल यात्रीलाई समस्या भएको छ । जसले यो सडक खण्ड बनेपछि तीन दर्जन भन्दा बढी यात्रुले ज्यान गुमाइ सकेका छन् ।

5c4e9a0b559a0.jpg 5c4e9a0c67c75.jpg 5c4e9a0e9e3b3.jpg 5c4e9a1085495.jpg 5c4e9a109341b.jpg 5c4e9a1281b45.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको