Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाईड्रो लिमिटेडको शेयर व्यबस्थापनमा  भिबोर क्यापिटल

सोमबार, १४ माघ २०७५, १३ : ०९ मा प्रकाशित

घलेम्दी हाईड्रो लिमिटेडको शेयर व्यबस्थापनमा  भिबोर क्यापिटल

अर्थ संसार, काठमाडौं –घलेम्दी हाइड्रो लिमिटेडको  शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट  संचालक श्री नारायण बाबु अधिकारी र भिबोर क्यापिटल लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन ।

घलेम्दी हाइड्रोले हाल सालै  १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सहमती संगै उक्त कम्पनीको साधारण शेयर सुचिकरण भए पश्चात धितोपत्र केन्द्रीय निक्षप सेवानियमावली, २०६७ को नियम २४(७) बमोजीम  शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको