Like us!
Follow us!
Connect us!
Watch us!

‘छक्का पञ्जा’ पाइरेसी गर्ने सुवेदीले गरे आत्महत्या

शुक्रबार, २९ पुस २०७३, १५ : १३ मा प्रकाशित

‘छक्का पञ्जा’ पाइरेसी गर्ने सुवेदीले गरे आत्महत्या


अर्थ संसार 

काठमाडौं– कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ बर्षिय सुवेदीले चावहिल विजय चोकस्थित आफ्नै कोठमा झुण्डिएर गएरात आत्महत्य गरेको गौशला प्रहरी वृत्तले जनाएको छ ।  उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन्   ।

मानसिक तनाब खेप्न नसकी आत्महत्या गरेको प्रहरीले अनुमान गरिएको छ ।आत्महत्या गर्ने निजले गुगल ड्राइभको सहारामा नेपालदेखि अमेरिका फिल्म पठाएका थिए । पहिलो पटक फिल्म पाइरेसी गरेका सुवेदी सहित चार जनालाई प्रहरीले यो बारेमा मिडियामा समाचार बाहिरिनु पहिले नै पक्राउ गरी हनुमान ढोका पुर्याएको थियो । निर्माण टिमको आग्रहमा प्रहरीले तारेखमा छाडेको थियो ।  मृत शरिरलाई अहिले पोष्ट मार्टमको लागि टिचिङ अस्पताल महाराजगञ्जमा लगिएको छ ।

छक्का पञ्जाले १०१ औं दिन मनाएको थियो । बैदेशिक रोजगारले निम्त्याएको पारिवारिक विखण्डनलाई कथामा समेटिएको यस चलचित्रमा हास्य कलाकारहरु दीपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, प्रियंका कार्की, वर्षा राउतलगायतका भूमिका देख्न सकिन्छ ।

इतिहासकै सर्बाधिक कमाउने चलचित्र छक्का पञ्जा हेर्नुभयो ? यहाँ हेर्नुस् (पूरै चलचित्रसहित)

 

यो पनि पढ्नुहोस्

अपाङ्ग भनेर नहेप, बाँसुरी बजाउन सबैलाई उछिन्न सक्छु

नेपाल लाइफको एफपिओः दुई दिनमा पौने ८ अर्बको आवेदन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्यो एफपिओको मूल्य, १२९० रुपैयाँमा बेच्न अनुमति माग

मध्यरातमा कोको छानिए उच्च अदालतका न्यायाधिक (सूचीसहित)

जानिराखौं, केके कुरा मिसायर खान हुदैन ?

इतिहासकै सर्बाधिक कमाउने चलचित्र छक्का पञ्जा हेर्नुभयो ? यहाँ हेर्नुस् (पूरै चलचित्रसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको