Like us!
Follow us!
Connect us!
Watch us!
फेसबुकमा लिक भएपछि निर्माण पक्षले गर्यो युट्युवमा सार्बजनिक

इतिहासकै सर्बाधिक कमाउने चलचित्र छक्का पञ्जा हेर्नुभयो ? यहाँ हेर्नुस् (पूरै चलचित्रसहित)

शुक्रबार, २९ पुस २०७३, ०९ : ५७ मा प्रकाशित

अर्थ संसार
काठमाडौं–कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको सुपरहिट नचलचित्र ‘छक्का पञ्जा’ फेसबुक मार्फत लिक भएपछि निर्माणपक्षले युट्युबमा सार्वजनिक गरेको छ । 

अर्जुनकुमार श्रेष्ठ भन्ने ब्यक्तिले फेसबुकमार्फत ‘छक्का पञ्जा’ सार्बजनिक गरेका थिए । नेपाली चलचित्र इतिहासमै सर्बाधिक कमाइ गरेको छक्का पञ्जाको प्रबर्धनमा यसका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपा युरोप भ्रमणमा रहेका बेला चलचित्र लिक भएपछि उनीहरु भ्रमण छोट्याएर फर्कँदै छन् । गिरीले चलचित्र लिक गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् । उनले चलचित्रको लिंक सेयर नगर्न आग्रह गरेका छन् । 

छक्का पञ्जाले १०१ औं दिन मनाएको थियो । बैदेशिक रोजगारले निम्त्याएको पारिवारिक विखण्डनलाई कथामा समेटिएको यस चलचित्रमा हास्य कलाकारहरु दीपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, प्रियंका कार्की, वर्षा राउतलगायतका भूमिका देख्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको