Like us!
Follow us!
Connect us!
Watch us!
तपाईंले भर्नु भयो ? कहाँकहाँ पाइन्छ आवेदन दिन ? (संकलन केन्द्रसहित)

नेपाल लाइफको एफपिओः दुई दिनमा पौने ८ अर्बको आवेदन

शुक्रबार, २९ पुस २०७३, ११ : ३४ मा प्रकाशित

नेपाल लाइफको एफपिओः दुई दिनमा पौने ८ अर्बको आवेदन

अर्थ संसार

काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) मा दुई दिनभित्र करिव पौने ८ अर्ब बराबरको आवेदन परेको छ । यसरी हेर्दा कम्पनीको एफपिओमा दुई दिनमा करिव दोब्बर आवेदन परेको देखिन्छ । दोस्रो दिन बिहीबार ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको आवेदन परेको कम्पनीको एफपिओ विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल स्रोतले जनाएको छ । यस दिन मात्रै ३६ हजार जनाले आवेदन दिएका छन् । 

सिद्धार्थ क्यापिटलका अनुसार पहिलो बुधबार २२ हजार ८ सय ६६ आवेदन परेको थियो । त्यति आवेदनबाट ३ अर्ब १२ करोड ८२ लाख ६२ हजार ४ सय ९० रुपैयाँ संकलन भएको थियो । 

नेपाल लाईफले बुधबारदेखि एफपिओ निस्कासन खुला गरेको हो । कम्पनीले ३१ लाख कित्ता सेयर निस्कासन गर्न गरेको छ । नेपाल लाइफले १ सय रुपैयाँ मूल्य अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम जोडेर १४२५ रुपैयाँ प्रतिकित्तामा एफपिओ निस्कासन गरेको हो । 

एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्तासम्मका लागि आबेदन गर्न पाईन्छ । लगानीकर्ताले १० कित्ता र १० ले भाग जाने कित्ताका लागि आवेदन गर्न सक्नेछन् । नेपाल लाइफको एफपिओ भर्न विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने छ ।

कम्पनीले अरु बैंकमा समेत आवेदन संकलन केन्द्र राखेको छ । नेपाल लाईफले सर्बसाधारणको सेयर अनुपात बृद्धि गर्न ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको हो । कम्पनीको एफपीओमा माघ २ गतेसम्म आबेदन गर्न सकिने छ ।

नेपाल लाइफको एफपीओ निश्काशनपछि प्रिमियमा संकलन गरेको रकम ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुने छ । यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड नाघ्ने छ । 

राम्रो नाफा कमाइरहेको कम्पनी भएकाले सबैको यसको एफपिओमा आकर्षण छ । त्यसैले बजारमा एनएलआइसीको एफपीमा लगानी गर्न नगद साँचेर राखेका छन् । विभिन्न म्युचअल फण्डहरुले समेत दोस्रो बजारमा लगानी नगरेर राखेको नगद यही एफपिओमा लगानी गर्ने तयारी गरेका छन् ।

त्यसैले एनएलआइसीको एफपिओमा अधिक आवेदन पर्ने सम्भावना छ । यही अबस्थालाई दृष्टिगत गरी विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सिद्धार्थ बैंकका सबै शाखासहित अरु बैंकमा समेत आवेदन संकलन गर्ने ब्यवस्था मिलाएको छ । 

58786c7edc245.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको