Like us!
Follow us!
Connect us!
Watch us!

जानिराखौं, केके कुरा मिसायर खान हुदैन ?

शुक्रबार, २९ पुस २०७३, १० : ३० मा प्रकाशित

जानिराखौं, केके कुरा मिसायर खान हुदैन ?

ऐजेन्सी
धेरैजसो मानिसले बजारबाट एकैपटक फलफूल किनेर मिसाएर खाने गर्छन् । केही यस्ता फलफूलहरु छन् जुन मिसाएर खाँदा हाम्रो स्वस्थ्यका लागि हानीकारक हुन्छ । केरा र हलुआ कहिल्यै मिसाएर खानु हुँदैन । यी दुई चिज मिसाएर खानाले पचाउन गर्न कठिन हुन्छ । यसले मस्तिष्क पनि सुस्त बनाउँछ ।गाजर र कागती पनि मिसाएर खानु हुँदैन । यसले हाम्रो मृगौलामा असर गर्छ ।

यस्तै दूध र भुईकटर पनि मिसाएर खानु हुदैन् । यसले टाउको, पेट दुख्ने, झाडापखला लाग्ने समस्या देखा पर्न सक्छ । मेवा र कागति पनि एकअर्कामा मिसाएर खानु हुँदैन । मेवा र कागती मिसाएर खाँदा रगतमा हुने हेमोग्लोबिनको मात्रामा असर गर्न सक्छ ।

यस्तैगरी केरा र अम्बा पनि मिसाएर खाँदा यसले टाउको दुख्ने या वाकवाकी लाग्ने हुन सक्छ ।यस्तै दूध र सुन्ताला मिसाएर खानु हुँदैन । यसले पाचन पक्रियामा समस्या देखा परेर विभिन्न रोग लाग्न सक्छ । यस्तै तरकारी र फलफूल एकआपसमा मिसाएर खाँदा पनि हाम्रो शरीरका लागि हानिकारक हुन्छ । टाउको दुख्ने, झाडापखाला लाग्ने खालका समस्या देखिन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको