Like us!
Follow us!
Connect us!
Watch us!

मध्यरातमा कोको छानिए उच्च अदालतका न्यायाधिक (सूचीसहित)

शुक्रबार, २९ पुस २०७३, १० : ३८ मा प्रकाशित

मध्यरातमा कोको छानिए उच्च अदालतका न्यायाधिक (सूचीसहित)

अर्थ संसार

काठमाडौं–उच्च अदालतमा नियुक्त हुने ८० जना न्यायाधिशका लागि न्याय परिषद्ले बिहीबार मध्यरातमा नामावली तयार पारेको छ । परिषदले सरकारी सेवामा रहेका कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र कानुन व्यवासायीवाट ४० प्रतिशत गरी त्यति न्यायाधिशको सूची तयार पारेको हो ।  

न्यायपरिषदका सदस्य बरिष्ठ न्यायाधिश बैद्यनाथ उपाध्यायले अवकास पाउने दिन मध्यरातमा बैठक बसेर न्यायाधिश सिफारिस गरिएको हो । प्रधानन्यायाधिशसँग कुरा नमिल्ने सवोच्चका न्यायाधीश गोपालप्रसाद पराजुली न्याय परिसद् सदस्य नियुक्त हुने भएकाले उनी आउनुअगावै रातारात न्यायाधिश छानिएको हो । 

न्याय परिषदले जिल्ला न्यायाधीशबाट ३४ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गेको छ । यस्तै कानुन व्यवसायीवाट २५ जना सिफारिस भएका छन्। उनीहरु अधिकांश सत्तारुढ दल निकट छन् ।  अरु बाँकी न्याय, कानुन क्षेत्रमा कार्यरत सरकारी कर्मचारीबाट छानिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको