Like us!
Follow us!
Connect us!
Watch us!
एफपिओ जारी गरेपछि बैंकको चुक्ता पूँजी ४ अर्ब पुग्ने, अझै सत प्रतिशत पँजी बढाउनु पर्ने

स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्यो एफपिओको मूल्य, १२९० रुपैयाँमा बेच्न अनुमति माग

शुक्रबार, २९ पुस २०७३, १२ : ०५ मा प्रकाशित

स्ट्यान्डर्ड  चार्टर्ड बैंकले प्रस्ताव गर्यो एफपिओको मूल्य, १२९० रुपैयाँमा बेच्न अनुमति माग

अर्थ संसार

काठमाडौं–स्ट्यान्डर्ड चार्टर्ड बैंकले चुक्ता पूँजी ८ अर्ब पु्याउन यही आर्थिक बर्षभित्र ३ अर्ब ३० करोड रुपैयाँ फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरेर उठाउने भएको छ । बैंकले दिएको जानकारीअनुसार प्रतिकित्ता प्रिमियमसहित १ हजार २ सय ९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता एफपिओ जारी गर्ने धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई २०७४ असार मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी अनिवार्य रुपमा पुर्याउनु पर्ने ब्यवस्था गरेको छ । लामो समय पूँजी बृद्धि योजना नल्याएर बसेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले अन्तिम समयमा एफपिओ जारी गर्ने भएको हो । 

बैंकको चुक्ता पूँजी २ अर्ब ८१ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्षको मूनाफाबाट ३३.३३ प्रतिशत बोसन सेयर दिने निर्णय गरिसकेको छ । बोनसबाट ९३ करोड ३७ लाख रुपैयाँ चुक्ता पँजी थपिने छ । यसबाट ३ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । एफपिओ जारी भएपछि थपिने २५ करोड ५८ लाख रुपैयाँबाट चुक्ता पूँजी ४ अर्ब नाघ्ने छ  ।

यसपछि पनि बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन अझै ४ अर्ब थप्नु पर्ने छ । बैंकले चालु आर्थिक बर्षको नाफाबाट बोनस दिएर चालु पूँजी बृद्धि गर्न सक्छ । यसका साथै एफपिओको प्रिमियम रकम जम्मा भएको जगेडा कोषबाट समेत बोनस सेयर जारी गर्न सक्छ । 

5878758aa0f21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको