Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबार रकम स्वात्तै घट्यो, बजार १ अंकले बढ्यो

बुधबार, २० पुस २०७३, १६ : ३३ मा प्रकाशित

सेयर कारोबार रकम स्वात्तै घट्यो, बजार १ अंकले बढ्यो


अर्थ संसार
काठमाडौं–अघिल्लो दिन दोहोरो अंकले घटेको बजारमा बुधबार झिनो सुधार देखिएको छ । दिनभरजस्तो घटेको बजार १ अंकले बढेको हो । कारोबार रकम भने स्वात्तै घटेको छ । यस दिन ३२ करोड ८९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।  बजारमा विकास बैंक ०.४९ अंक, हाइड्रो पावर १.२८ अंक, इन्सुरेन्स ८६.४४ अंकले बढेका छन् । यता बैंक १.६५ अंक, वित्तिय समूह ५.१ अंक र अन्य २.०३ अंकले घटेका छ ।

यस दिन कमाउनेमा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ता भएका छन् । यस कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी ९.७६ प्रतिशतले बढाएका छन् ।  त्यसै गरी विभोस सोसाइटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि आफ्नो आम्दानी ६.९४ प्रतिशतले बढाउन सफल भएका छन् । उता मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । त्यसै गरी अरुण फाइनान्स कम्पनीका लागनीकर्ताहरुले पनि ७.५ प्रतिशतले आफ्नो कमाइ गुमाएका छन् । 

यो पनि पढ्नुहोस्

आरएसडिसीको १५ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत​

टाई १० सेकण्डमा कसरी लगाउने ? हेर्नुहोस् सिक्नुहोस्

बैंक अफ काठमान्डु लुम्बिनीले प्रिमियममा ६२ लाख कित्ता एफपिओ निष्कासन गर्दै

ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा

एक्विजिसनमा गएको कसमसको कारोबार रोक्का

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस

न्यूरोड मोबाइल महोत्सवमा १७ हजार स्मार्टफोन बिके

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको