Like us!
Follow us!
Connect us!
Watch us!

न्यूरोड मोबाइल महोत्सवमा १७ हजार स्मार्टफोन बिके

बुधबार, २० पुस २०७३, ११ : १२ मा प्रकाशित

न्यूरोड मोबाइल महोत्सवमा १७ हजार स्मार्टफोन बिके

अर्थ संसार
काठमाडौं–नेपाल मोबाइल व्यवसायी संघले आयोजना गरेको न्यूरोड मोबाइल महोत्सवमा १७ हजारभन्दा बढि स्मार्टफोनहरु बिक्री भएका छन् । मोबाइलको मुख्य केन्द्रको रुपमा रहेको न्यूरोडका स्थानीयबासी र पाको युथ क्लबको सहयोगमा आयोजित महोत्सवमा ५ लाखभन्दा बढी ग्राहकहरुले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा विशेष गरेर फोरजी प्रविधियुक्त स्मार्टफोनहरुको माग ग्राहकहरुले अधिक गरेका थिए । त्यस्तै फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुने ग्राहकहरुको संख्यासमेत उल्लेखनीय थियो ।महोत्सवमा नेपालका सबै मोबाइल ब्राण्डहरुको सहभागिता थियो । नयाँ ब्रान्ड जोप्पो र लिएगो मोबाइलको मेलामै बिक्री शुरु गरिएको घोषणा कम्पनीले गरेका थिए । मोबाइल कम्पनीहरुले विभिन्न किसिमका गेमहरु खेलाउँदै ग्राहकहरुलाई लक्की ड्रमार्फत मोबाइल फोन प्रदान गरेका थिए । विभिन्न मोडलमा छुटका साथै आवश्यक एक्सेसरिज उपहारमा दिए ।

महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यस्तो किसिमको भव्य मोबाइल महोत्सव पहिलो पटक आयोजना गरिएको बताए । ‘हामी  मोबाइल महोत्सवबाट उत्साहित भएका छौं,’ उनले भने ।महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्ने ब्यवस्था थियो । त्यस्तै माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको