Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमान्डु लुम्बिनीले प्रिमियममा ६२ लाख कित्ता एफपिओ निष्कासन गर्दै

बुधबार, २० पुस २०७३, १५ : ०६ मा प्रकाशित

बैंक अफ काठमान्डु लुम्बिनीले प्रिमियममा ६२ लाख कित्ता एफपिओ निष्कासन गर्दै

अर्थ संसार 
काठमाडौं– सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुुहुन्छ भने तयार भएर बस्नुहोस् ।  किन कि  बैंक अफ काठमान्डू लुम्बिनीले प्रिमियममा एफपीओ निष्कासन गर्दै छन् । 

 बैंकले संस्थापक र सर्वसाधारण हिस्सा ४९ः५१ कायम गर्न एफपीओमार्फत संस्थापक सेयर बिक्री गर्न लागेको छ । यस आधारमा बैंकले ६२ लाख आठ हजार एक सय ३२ कित्ता एफपीओ प्रिमियम भाउमा बिक्री गर्ने भएको हो ।  पुस १७ गते बसेको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन गर्ने निर्णय गरेको छ  ।

बैंक अफ काठमान्डू लुम्बिनीको हाल चुक्ता पुँजी चार अर्ब ५७ करोड ६८ लाख ९१ हजार रूपैयाँ रहेको छ । बैंकले २३ प्रतिशत बोनस सेयर दिने पनि प्रस्ताव गरेको छ । यो बैंकको रिजर्भ कोषमा चार अर्ब २० करोड रूपैयाँभन्दा बढी पैसा छ । 
 

यो पनि पढ्नुहोस्

ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा

एक्विजिसनमा गएको कसमसको कारोबार रोक्का

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस

न्यूरोड मोबाइल महोत्सवमा १७ हजार स्मार्टफोन बिके

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको