Like us!
Follow us!
Connect us!
Watch us!
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, विभागले तोकेका राजमार्गका क्षेत्रमा मदिराजन्य व्यवसाय गर्नेले मदिरा र सूर्तीजन्य वस्तुवाहेक अरु व्यवसाय गर्न नपाउने

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

बुधबार, २० पुस २०७३, १२ : ०९ मा प्रकाशित

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

अर्थ संसार
काठमाडौं–आन्तरिक राजस्व विभागले अबैध मदिरा नियन्त्रण गर्न अभियान संचालन गर्ने भएको छ ।विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा मंगलबार बसेको अवैध मदिरा नियन्त्रण समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो । अवैध र राजस्व छली गरेर बेचिने मदिरा नियन्त्रण गर्न मदिरा उत्पादक, वितरक र नियामक निकायहरुबीच आयोजना गरिएको बैठकमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन नियममा भएका व्यवस्थाहरुलाई परिपालना गर्न सचेतनामूलक कार्यक्रममार्फत् सचेतनामा अभिवृद्धि गरी सुधार गर्ने कार्यमा जोड दिइने बताए ।

उनले कानुनमा भएका व्यवस्थालाई अटेर गरी मदिराजन्य पदार्थको उत्पादन, पैठारी, ओसारपसार तथा बिक्री वितरण गरेको पाइए हदैसम्मको कारवाही गरिने जानकारी दिए । राजस्व असुली, जनस्वास्थ्य र सामाजिक सदाचारितासँग प्रत्यक्ष सरोकार रहने मदिराजन्य पदार्थहरुको अवैध कारोवार नियन्त्रण गर्न सम्पूर्ण प्रयास गरिने उनले उल्लेख गरे । महानिर्देशक शर्माले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, विभागले तोकेका राजमार्गका क्षेत्रमा मदिराजन्य व्यवसाय गर्नेले मदिरा र सूर्तीजन्य वस्तुवाहेक अरु व्यवसाय गर्न नपाउने बताउँदै अनुगमनलाई आक्रामक हिसावले तिव्रता दिइने बताए ।

विक्रेताले सवै कर समावेश भएको अन्तिम मूल्यसूची सवैले देख्ने गरी राख्नुपर्ने बताउँदै देशका विभिन्न भागमा हुने मेला, प्रदर्शनी, महोत्सवमा सहभागी हुने व्यवसायीले अस्थायी रुपमा अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने बताए । कानुनको परिपालनाका लागि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएकालाई इजाजत नदिन प्रमुख जिल्ला अधिकारी तथा स्थानीय प्रशासनसमेतलाई अनुरोध गरी सकिएको उनले बताए ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक नारायणप्रसाद भण्डारीले अवैध मदिरा नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा सहभागीहरुले व्यवसाय सञ्चालन प्रकृयामा सरलीकृत गरिदिन आग्रह गरेका थिए । समाजमा अवैध मदिरा उत्पादन किन गर्न हुन्न र गरे के कारवाही हुन्छ भन्ने विषयमा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

यो पनि पढ्नुहोस्

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस

न्यूरोड मोबाइल महोत्सवमा १७ हजार स्मार्टफोन बिके

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको