Like us!
Follow us!
Connect us!
Watch us!

ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा

बुधबार, २० पुस २०७३, १३ : ३४ मा प्रकाशित

ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा

अर्थसंसार
काठमाडौँ – के तपाई ब्यवसायिक कामले व्यस्त हुनुहुन्छ ? कार्यव्यस्तताको कारण समयमा आफ्नो ब्लू बुक नविकरण गर्न भ्याउनुभएको छैन ? लाईसन्सको फर्म घण्टौ लाईनमा बसेर बुझाउन दिक्क लागिरहेको छ ?अब तपाईंको तनाव कम हुनेछ । काठमाडौँको डिल्लिबजारमा सुरु भएको छ १०१ सेवा । यसका कर्मचारीले तपाईंको ब्लु बुक घर वा कार्यालयमै आएर लैजान्छन् । नविकरण गरेर तपाईंलाई ल्याइदिने छन् ।

कम्पनीले अनलाईनबाटै सेवा दिने बताएको छ । कम्पनीले काठमाडौँ उपत्यकाभित्र जहाँसुकै सुविधा उपलब्ध गराउने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमितमान बस्नेतले गराए । कम्पनीले लाईसन्सको आवेदनसमेत भरिदिने काम गर्छ । आवेदन दर्ता गराउन घन्टौ लाइनमा बस्नु पर्नेहरुका लागि यसको सेवा निकै उपयोगी भएको बस्नेतले बताए । १०१ सेवाले यस्तो सुविधा उपलब्ध गराउन थालेको एक महिना भएको छ ।

यस कम्पनीले सेवा दिएवापत २ पाङग्रे गाडीको लागि ३८५ रुपैयाँ र ४ पाङग्रे गाडीको लागि ६८५ रुपैयाँ लिने जानकारी बस्नेतले दिए । काठमाडौँमा मात्र यो सेवा सुरु गरिएको कर्मचारी लिप्पा कर्मचार्यले जानकारी दिईन् । यस कम्पनीको सेवा लिन ९८६१४९२४६९ नम्बरमा फोन गर्न सकिने छ । 

यो पनि पढ्नुहोस्

एक्विजिसनमा गएको कसमसको कारोबार रोक्का

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस

न्यूरोड मोबाइल महोत्सवमा १७ हजार स्मार्टफोन बिके

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको