Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको नाफा ४८ करोड

शुक्रबार, १२ माघ २०७४, १२ : ०५ मा प्रकाशित

कुमारी बैंकको नाफा ४८ करोड

अर्थ संसार, काठमाडौं–  कुमारी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा ४८ करोड २ लाख रुपैयाँ नाफा गरेको छ छ । गत बर्ष सोही अवधिमा बैंकले २७ करोड ९३ लाख रुपैयाँ थियो । 

बैंकले ६ महिनामा ५७ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको यहि अवधिमा ३९ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

चालु आर्थिक वर्षको छ महिनामा बैंकले ८२ करोड १६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने गत वर्षको यहि अवधिमा ५५ करोड ५० लाख रुपैयाँ थियो । 
बैंकको पूँजी कोष अनुपात ११.७ प्रतिशतबाट बढेर १४.४८ प्रतिशत पुगेको छ भने खराब कर्जा १.६१ प्रतिशत छ। बैंकको आधार ब्याज दर ८.०७ प्रतिशतबाट बढेर १४.४८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ।

बैंकको चुक्ता पूँजी यहि अवधिको एक आर्थिक वर्षमा दुई अर्ब ६९ करोड रुपैयाँबाट बढाएर ५ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा दुई अर्ब ५९ करोड रुपैयाँ जम्मा भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको